Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित हुँदा काम ठप्प

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाकाे काम ठप्प भएको छ । त्यहाँ कार्यरत मजदुरहरू आन्दोलित भएपछि काम ठप्प भएकाे हाे।

अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको हाे । बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर आन्दोलित भएका छन् ।

सोमबारदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ ।

बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन् ।

निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असन्तुष्टि जनाउँदै पटक-पटक काम अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077