Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाँच हजार घूस रकमसहित कार्यालय प्रमुख पक्राउ

    पाँच हजार घूस रकमसहित कार्यालय प्रमुख पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 2.4K
    SHARES

    तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घूस रकमसहित कार्यालयका प्रमुखलाई पक्राउ गरेकाे छ ।

    अख्तियारकाे टाेलीले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आलेमगरलाई ५ हजार घूस रकमसहित कार्यकक्षबाट रङ्गेहात पक्राउ पक्राउ गरिएकाे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।



    ‘सोमबार एउटा गाडीले ठक्कर दिएर आँबुखैरेनीस्थित सडक छेउको एउटा बिजुलीको पोल ढलाएको रहेछ’, अधिकारी रिजालले भने, ‘त्यही पोल मर्मतपश्चात् बिलबाहेक अतिरिक्त रकम मगरले मागेका रहेछन् । गाडीवालाले धेरै दिन नसक्ने भन्दै ५ हजार रुपैयाँ दिँदै गरेको अवस्थामा उनी समातिएका हुन् ।’ थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार