Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवनमै पहिलो पटक सात बर्षिया बालिकाको मुटुको जटिल अप्रेसन सफल

चितवन। चितवन मेडिकल कलेज (सिएमसी )भरतपुरमा, तनहुँ जिल्ला घिरिङ्ग गाउपालिकाकी   ७ बर्षकी बालिका खुसी थापाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने बुवा धनकुमार थापा र आमा बिना थापाकी छोरी खुसीलाई सास फेर्न गाह्रो हुने तथा वेला वेलामा ढल्ने समय थियो।

सामान्यतया :अरु बच्चाहरु भन्दा फरक भएकोले उनलाई १७ महिनाको हुँदा काठमाडौंको शहिद गंगालाल अस्पतालमा जाँच गर्ने क्रममा जन्मजात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो ।

सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा बालिकामा धड्कन ३० देखि ३२ मात्र थियो, जसले गर्दा उनलाई जीवन जिउन निकै गाह्रो भएकोले  चितवन मेडिकल कलेजमा उपचारको लागि  मंसिर २० गते भर्ना गरिएको थियो।

उपचारको क्रममा चिकित्सकहरुले मंसिर २२ गते बालिकाको शल्यक्रिया गरेका थिए । प्राय उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने गर्दछ ।

यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुन: शल्यक्रिया गरि सो पेशमेकर फेर्नु पर्ने हुन्छ ।

बालिकाको प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजि डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संलग्नतामा शल्यक्रिया सम्पन्न भएको थियो ।

हाल उनको स्वास्थ्य सुधारउन्मुख रहेको समेत चितवन मेडिकल कलेजले जनाएको छ ।

दैनिक १५ सय बढी विरामी आउने चितवन मेडिकल कलेजमा प्रत्येक दिन ३० भन्दा बढि शल्यक्रिया हुने गर्दछन् । मेडिकल कलेजले चौविसै घण्टा विशेषज्ञ सहितको ईर्मेजेन्सी सेवा, सिटिस्क्यान, यमराआई, क्याथ ल्याब सहितका बिशिष्ट सेवा समेत दिँदै आएको छ ।

आर्थिक रुपमा कमजोर रहेका विरामीहरुको निःशुल्क उपचार र नेपाल सरकारको विपन्न नागरिक उपचार सेवा समेत संचालनमा रहेको चितवन मेडिकल कलेजमा हाल सम्म ५००० भन्दा बढीको मुटुको शल्यक्रियाहरु समेत सफल उपचार सम्पन्न भएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077