Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने युवक पक्राउ

    ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोटका २४ वर्षीय रिमजेन लामा रहेका छन्।



    उनले काठमाडौंको बालाजु बाईपास सडक खण्डमा ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।



    ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत स्वरुप परिवर्तनमा कारवाही गर्न खोज्दा लामाले ट्राफिक प्रहरी यादवलाई घुस दिन खोजेको ट्राफिक महाशाखाले जनाएको छ ।

    आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको महाशाखाले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार