Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली विद्यार्थी अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिक तथा स्थायी बासिन्दालाई लगाएको विदेश यात्रा प्रतिबन्ध पुनः तीन महिना थप गरेको छ । ्

यो निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित बनो छन् । सरकारले विदेश यात्राको प्रतिबन्ध सन् २०२१ को मार्च १७ तारिखसम्म कायम रहने बताएको छ ।

अस्ट्रेलियाली सरकारले कोरोना भाइरस सुरु भएलगत्तै गत मार्च १८ देखि विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो ।

जसका कारण अस्ट्रेलियाली नागरिक बाहिर जान तथा अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया भित्रन पाएका छैनन् ।

सरकारको यो निर्णयसँगै समुद्रमा चल्ने अन्तर्राष्ट्रिय र स्थानीय पानीजहाजको सञ्चालनमा समेत प्रतिबन्ध लागेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने पसलहरूसमेत बन्द रहनेछन् ।

अस्ट्रेलियाको यस निर्णयसँगै अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली तथा अन्य देशका गरी लाखौं आ–आफ्नै देशमा अलपत्र परेका छन् ।

शैक्षिक परामर्शको क्षेत्रमा काम गरिरहेका व्यवसायीका अनुसार अहिले पनि हजारौं नेपाली विद्यार्थी र अन्य अस्थायी भिसामा रहेका नेपाली नेपालमै अड्किएर बसेका छन् । यस वर्षको अन्त्यसम्ममा अस्ट्रेलिया आउने आशामा बसेका उनीहरूले कम्तीमा पनि ३ महिना पर्खनुपर्ने भएको छ ।

अस्ट्रेलियाबाट विदेश यात्रा गर्नैपरे वा अस्ट्रेलिया आउनुपरे सरकारले विशेष पासको व्यवस्था गरेको छ जसअनुसार थोरै मात्रा अस्थायी भिसावाहकले अस्ट्रेलिया प्रवेशको अनुमति पाएका छन् भने यही अवधिमा जम्मा ९५ हजार अस्ट्रेलियालीलाई विदेश यात्राको अनुमति दिइएको छ ।

नेपाली विद्यार्थी बढी प्रभावित
अस्ट्रेलिया सरकारले यहाँ यात्रा गर्नुपरे कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने संकेत गरिसकेको छ यद्यपि यसबारेमा आधिकारिक निर्णय भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077