Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्रेक फेल भएकाे ट्रकले ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । कलंकीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका अन्य सवारी साधनलाई ठक्कर दिएकाे थियाे ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीका अनुसार घाइतेहरूकाे बयोधा अस्पतालमा उपचार भइरहेकाे छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई शाखा सडकमा छिरेर ८ वटा विभिन्न सवारी साधनलाई ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077