Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुनै समय सार्वजनिक बस चढ्ने नारायणकाजीलाई खुइल्याउन बालुवाटार लागेकै हो त ?

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठको व्यक्तिगत गतिविधि र चरित्रलाई लिएर गम्भीर प्रश्न उठेका छन् ।

सामाजिक सन्जालमा कोरोना संक्रमणका कारण मृत्‍यु भएका नेकपापा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाकी कान्छी पत्नी इन्द्रमायासँग नारायणकाजीले बिदेशमा घुमेका तस्बिरहरु अहिले भाइरल बनेका छन्।

शुक्रबार दिनभरि प्रवक्ता श्रेष्ठ र सुसन कर्माचार्यबीचको कुरालाई लिएर सामाजिक सञ्जालमा धेरै कुराहरू लेखिएका हुन् । आफ्नै स्वकीय सचिवको लेनदेनको कुरा मिलाउन श्रेष्ठले देखाएको सक्रियतामाथि पनि सामाजिक सञ्जालहरू रंगिएका छन् ।

कमानसिंहको निधनसँगै लेनदेनको विषयमा प्रवक्ता श्रेष्ठ मुछिएपछि विभिन्न समाचार र कुराहरू उठेका हुन् ।

जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपियाँ लेनदेनको विषयमा छलफल भएको देखिएको छ ।

श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी कान्छी पत्नी इन्द्रमायाको नाम पनि उल्लेख छ ।

भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरूकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन् ।

श्रेष्ठले यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित नरहेको सञ्चारमाध्यमहरूलाई प्रतिक्रियाहरू दिएका छन् ।

याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर आफूले मिलाइदिन खोजेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘त्यसमा मेरो कुनै सम्बन्ध छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो ।’

स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए । कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो ।

पछि करिब तीन करोड बैंकको ऋण चुक्ता गर्नुपर्ने समस्या देखिएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइएको र त्यही ऋण मिलान गर्ने विषयमा कर्माचार्य र लामाबीच विवाद भएको थियो ।

विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेका थिए । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत हुँदा उनले यस विषयमा फेसबुकमा समेत लेखेका थिए ।

नारायणकाजीमाथि लेनदेन र चरित्रमा प्रश्न उठेपछि राजपाका नेता बाबुराम भट्टराईले त नारायणकाजीलाई 'ढोगी कम्युनिस्ट नेता' भन्दै कटाक्ष गरेका छन्।

नारायणकाजी श्रेष्ठ र उनका सहयोगीहरुले भने  बालुवाटार परिचालन भएको सार्वजनिक रुपमा बताइसकेका छन् । उनीहरुले नारायणकाजीलाई सिध्याउन सुरुदेखि नै बालुवाटारको लगानी रहेको सनराइजखबर अनलाइन प्रयोग भएको  आरोप लगाएका छन्।

कुनै समय सार्वजनिक बस चढेर चर्चामा आएका सदाचारी नेतामाथि लागेको आरोपबारे अब छानविन हुन्छ कि हुँदैन ? पर्खाइको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077