Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कूलमा आक्रमणपछि बन्दुकधारीहरूले सयौं विद्यार्थीलाई अपहरण गरे

एजेन्सी। उत्तर पश्चिमी नाइजेरियाको एक माध्यमिक विद्यालयमा बन्दुकधारीले गरेको आक्रमणका कारण सयौं विद्यार्थी हराइरहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरुले भने, 'आक्रमणकारीहरू मोटरसाइकलमा आइपुगे र हावामा गोली हान्न शुरू गरे, जसले गर्दा मानिसहरूको भागाभाग भयो ।

उनीहरूले सरकारी  विद्यालयलाई लक्षित गरेर आक्रमण गरेका थिए । जहाँ ८०० भन्दा बढी विद्यार्थीहरू क्याटसिना राज्यमा शुक्रवार बस्ने गरेको बताइएको छ।

भागाभागका क्रममा कति विद्यार्थीको अपहरण भएको थियो भनेर भन्ने बारेमा पुलिसले कुनै आंकडा दिएको छैन।

कंकारा क्षेत्रको  बोर्डिङ स्कूल नजिकै बस्ने बासिन्दाहरूले बिबिसीलाई शुक्रबार गोलीबारी भएको  र आक्रमण एक घण्टा भन्दा बढी समयसम्म चलेको वताए।

प्रत्यक्षदर्शीहरुले  धेरै विद्यार्थीहरूलाई आक्रमणकारीले लगेको देखेको सुनाए। बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077