Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नारायणकाजीमाथि कारवाहीको मागसहित बालुवाटारमै प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा बाहिर प्रदर्शन भएको छ।

कोरोना संक्रमणका कारण मृत्‍यु भएका केन्द्रीय सदस्य कमानसिंह लामासँग नारायणकाजीले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि माथि छानविन हुनुपर्ने मागसहित प्रदर्शन भएको हो।

स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोध गरेको हो।

नारायणकाजीले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने  लगायतका माग राखी उनीहरुले प्रदर्शन गरेका हुन ।

नारायणकाजीले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत उनीहरुले लगाएका छन्।

प्रदर्शनका क्रममा उनीहरुले  नारायणकाजी र उनकी  मित्र सुसन कर्माचार्यको सम्पत्ति छानविन हुनुपर्ने तथा सबै उच्च नेताका पिएहरुको सम्पत्ति छानविन गरिनुपर्ने माग  राखेका छन् ।

कमानसिंहले अस्पतालमा रहँदा फेसबुकमा लेखेर नारायणकाजीले आफ्नो जीवन बर्बाद बनाएको पिडा पोखेका थिए।

कमानसिंहसँग नारायणकाजीको लेनदेन रहेको प्रमाणित हुने भिडियो सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077