Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नारायणकाजीको ८ करोड काण्डलाई ढाकछोप गर्ने प्रचण्डको प्रयास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ र सुसन कर्माचार्यबीचको लफडाभित्र पसेका छन् ।

कमानसिंह लामाप्रति समवेदना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नारायणकाजी र सुसानको बचाउ गरेका हुन् ।

आजको नेकपा स्थायी समितिको बैठकमा नै श्रेष्ठ र कर्माचार्यको बचाउमा प्रचण्ड उभिएका हुन् । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने –‘सुसनलाई म बच्चैदेखि चिन्छु । उहाँ अत्यन्त गतिशील र योग्य महिला हो ।’

पूर्व राजदूत समेत रहेका नेकपाका केन्द्रीय सदस्य लामाको मृत्यु प्रकरणमा नारायणकाजी र सुसनलाई जोडिनु गलत भएको भन्दै अध्यक्ष प्रचण्डले भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

स्थायी समितिको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले भने–‘कमानसिंहजीको निधनमा हामी पनि दुखी छौं । उहाँको मृत्युपछि नारायणकाजीजी र सुसनमाथि जुन आक्रमण भएको छ त्यो पूरै गलत छ । यो कुरा तपाईंहरु सबैले बुझ्न जरुरी छ ।’

कमानसिंहले मृत्युशैय्यामा हुँदा फेसबुकमा एक स्टाटस लेखेर नारायणकाजीले आफ्नो जीवन बर्बाद बनाएको जानकारी गराएका थिए ।

पूर्वराजदूत लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियो तथा अडियो क्लिपमा याम्बालिङ हाइड्राेकाे  ८ कराेडकाे  सेयर विवाद र दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमाया तामाङको नाम अगाडि आएको छ ।

लामाले आफ्नी कान्छी पत्नी इन्द्रमाया तामाङ नै नारायणकाजीसँग मिलेर हाइड्रोको सेयरमा ठगी गरेको मृत्यु शैयाबाट आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077