Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ८६७ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ

    ८६७ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यार्सा गुम्बासहित ४ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिन्धुली दुधौलीका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका प्रहरीले जनाएकाे छ।



    गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अवैध रुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको खरिद बिक्रीको कारोबार भइरहेकाे गोप्य सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार उनीहरुको साथबाट ८६७ ग्राम यार्सागुम्बा फेला परेकाे छ ।



    यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार