Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • यार्सागुम्बासहित दुबई उड्न लागेकी रसियन महिला विमानस्थलबाट पक्राउ

    यार्सागुम्बासहित दुबई उड्न लागेकी रसियन महिला विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यार्सागुम्बा जस्तो देखिने जडिबुटीसहित एक रसियन महिला पक्राउ परेकी छिन्।
    विमानस्थल प्रहरीका अनुसार सोमबार बिहान ९:०० बजे काठमाडौँ एयरपोर्टबाट दुवई हुँदै रसिया जान लागेकी रसियन नागरीक ५५ बर्षीय जाल्टा शेंगर पक्राउ परेकी हुन्।
    पक्राउ परेकी उनको ब्याग चेक जाँच गर्दा लगेजभित्र राखिएको कपडाहरु भित्रबाट यार्सागुम्बा जस्तो देखिने जडिबुटी अन्दाजी ९६० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
    पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान एवं थप कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार