Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सशस्त्र प्रहरीद्वारा दश लाख बराबरको यार्सागुम्बा बरामद

    सशस्त्र प्रहरीद्वारा दश लाख बराबरको यार्सागुम्बा बरामद

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 663
    SHARES

    बाँके । सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ।

    बाँकेको जानकी गाँउपालिका-१ पंचपोखरा ईलाकाबाट अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।



    सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडि भागेका थिए।



    बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार