Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वडाध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ।

अख्तियारले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाध्यक्ष सरोजकुमार पाण्डे र उनीविरुद्ध घुस मागेको उजुरी गर्ने निवेदक श्यामबचन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजिकरण गरिदिएको भनी आफूसँग घुस मागेको भन्दै यादवले उजुरी गरेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले केही दिन अघि उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077