Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेलपे र फोनपेबीच सहकार्य

    सेलपे र फोनपेबीच सहकार्य

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे)बीच सहकार्य भएको छ ।

    यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।



    सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक त्तच् भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् ।



    उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् ।

    कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो ।

    साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।

    यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।

    सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे QR Code Scan गरी भुक्तानी गर्न सक्ने छन् ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
     बास्तविक समयमा भुक्तानी
     बिना वालेट कारोबार गर्न सकिने
     सरल एवं सुरक्षित
     लोयल्टी पोइन्टस पाईने
    सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, EMI भुक्तानी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, सरकारी दस्तुरहरुको भुक्तानी, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

    सेलपे मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने छन् ।

    सेलपे एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार