Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्मार्ट डोकोको ‘ह्याप्पी रक्षा बन्धन’ अफर, नि:शुल्क राखीदेखि डेलिभरीसम्म

    स्मार्ट डोकोको ‘ह्याप्पी रक्षा बन्धन’ अफर, नि:शुल्क राखीदेखि डेलिभरीसम्म

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । २७ गते शुक्रबार परेको जनै पूर्णिमा अर्थात रक्षा बन्धनको अवसर पारेर नेपालको नम्बर १ अनलाइन मेगास्टोर स्मार्ट डोकोले ‘ह्याप्पी रक्षा बन्धन’ अफर ल्याइरहेको छ। नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको र ई–कमर्स एपको रूपमा मान्यता पाएको अनलाइन मेगास्टोर स्मार्ट डोकोले हरेक अर्डरमा निस्शुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको छ ।

    स्मार्ट डोकोसँग रक्षा बन्धनका लागि आकर्षक उपहारहरु पनि रहेको कम्पनीले जनाएको छ । जसमा स्मार्ट वाच, ब्लुटुथ वायरलेस इयरबडहरू, स्यामसुङ स्मार्टफोनहरू, परफ्युमहरू, गहनाहरू र अन्य धेरै सामानहरु रहेका छन् । जसमा घठ५ सम्म छुट रहेको पनि कम्पनीले जनाएको छ ।



    ग्राहकहरूले आफ्नो मनपर्ने उत्पादनहरू स्मार्टडोको एप मार्फत आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइस वा स्मार्टडोको वेबसाइटमा डाउनलोड गरी अर्डर गरेर यो अफरको फाइदा लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    स्मार्ट डोकोले नेपालभरका ७७ वटै जिल्लामा डेलिभर गर्दछ । त्यसैगरी स्मार्ट डोकोसँग विभिन्न कोटी र धेरै उपश्रेणीहरूमा ५० हजार भन्दा बढी उत्पादनहरू रहेका छन् । जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्यलगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन्।

    स्मार्ट डोकोमा ग्राहकहरूले रिङरोड भित्र (रु. ७५० को न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार