Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फ्रान्सेली ब्रान्ड “पाराकिटो” पहिलो पटक नेपालमा, आईएमएस ग्रुप एकमात्र राष्ट्रिय वितरक

    फ्रान्सेली ब्रान्ड “पाराकिटो” पहिलो पटक नेपालमा, आईएमएस ग्रुप एकमात्र राष्ट्रिय वितरक

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । आइएमएस ग्रुपले नेपालमै पहिलो पटक फ्रान्सेली ब्रान्ड “पाराकिटो” लन्च गरेको छ । योसँगै आइएमएस ग्रुप पाराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ ।

    पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ। पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षणमा लीदर हो र पाराकिटोले उच्च गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ।



    यसले विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्दछ जस्तैः रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोलअन। यस उत्पादनले विशेष गरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई एक वैकल्पिक र पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ ।



    पाराकिटो पानी र पसिना प्रतिरोधी, दिर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि हो। पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिन्छ । यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाईलो गर्ने बच्चाहरूका लागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू र पारिवारिक पिकनिकमा लागेका मानिसहरूका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ।

    पाराकिटो अब आइएमएस लिटल स्माइलस शोरुमहरूमा विशेष रूपमा उपलब्ध छ । आइएमएस लिटल स्माइलस शोरुम बच्चाहरूका लागि नेपालकै पहिलो प्रिमियम मल्टिब्रान्ड आउटलेट हो ।

    आइएमएस लिटल स्माइल शोरुमहरू दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा रहेको छ । यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेन जस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरू पनि पाइने कम्पनीले जनाएको छ । पाराकिटो नेपालको सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई(कमर्स ब्रान्ड स्मार्टडोकोमा अनलाइन पनि उपलब्ध छ । स्मार्टडोकोले ७७ जिल्लामा उत्पादनहरू पुर्‍याउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार