Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

    आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रा. लि. का तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

    सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।



    भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।



    सेलपेद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘ग्राहकहरुले सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kartत सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।’

    आइएमएस सफ्टवेर भने एक सूचना प्रविधि कम्पनी हो । जस्ले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु बनाउदै आएको छ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना Creditors हरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने छन् ।

    सेलपे भुक्तानी सेवा आइएमएस सफ्टवेयरका निम्न सफ्टवेयरहरुमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
    1. IMS POS Software
    2. IMS Hospitality Management Software
    3. IMS Restaurant Management Software
    4. IMS Distribution Management Software
    5. IMS WEB POS

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार