Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कुशे औंसीमा सेलपेको आकर्षक अफर

    कुशे औंसीमा सेलपेको आकर्षक अफर

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि कुशे औंसीको उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ । सेलकमले आज एक प्रेस विज्ञप्ति जारी गर्द अफरबारे जानकारी गराएको हो । सेलपेको नयाँ योजना अन्तर्गत सेलपेका ग्राहकहरुले CellPay Kart बाट रु. ५००० वा सो भन्दा बढीको सामान खरिद गरेमा रु. ५०० क्यासब्याक पाउनेछन् । यो योजना भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।



    सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिनेछ ।



    सेलपेमार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने पनि सेलकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार