Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुष १८ गतेभित्र संसदकाे हिउँदे अधिवेशन आव्हान हुन्छ : सभामुख सापकोटा

    पुष १८ गतेभित्र संसदकाे हिउँदे अधिवेशन आव्हान हुन्छ : सभामुख सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् ।

    आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् ।



    सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए । उनले भने– ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अब पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’



    कोभिड–१९ को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए । उनले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार