Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ : अग्नि सापकोटा

    मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 642
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् पुनर्गठनबारे गठबन्धन दलहरूबिच सामान्य छलफल भएको बताएका छन्।

    पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले मन्त्रिपरिषद् पुनर्गठनबारे दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको बताएका हुन् ।



    प्रवक्ता सापकोटाले भने,‘मन्त्रिपरिषद् फेरबदल गरेर भएपनि जनताको प्रत्यक्ष प्रभाव हुनेगरी काम गर्छु भनेर प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ । यस विषयमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएको छ, तर निष्कर्षमा पुगेको छैन।’



    उनले मन्त्रिपरिषद् पुनर्गठन गरेर भएपनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहेको बताए ।

    यद्यपि यस विषयमा गठबन्धन दलहरूबिच अहिले नै ठोस निष्कर्षमा नपुगेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार