Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालकुमारी घटनालाई सामान्य मान्न सकिँदैन् : अग्नि सापकोटा

    बालकुमारी घटनालाई सामान्य मान्न सकिँदैन् : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 507
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।



    प्रवक्ता सापकोटाले भने,‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ । जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’



    यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको प्रवक्ता सापकोटाले बताए ।

    यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर २ जना युवाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार