Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गरिबी निवारण र आर्थिक विकासबारे चीनबाट धेरै कुरा सिक्न आवश्यक छ : अग्निप्रसाद सापकोटा

    गरिबी निवारण र आर्थिक विकासबारे चीनबाट धेरै कुरा सिक्न आवश्यक छ : अग्निप्रसाद सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 360
    SHARES

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताएका छन् ।

    शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन उनले सो कुरा बताएका हुन् । उनले चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए ।



    सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको उनको भनाई छ । यस्तै उनले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्नुपर्ने बताए ।



    उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताए । पूर्वसभामुख सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार