Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेथिति अन्त्य गर्न सरकार निर्मम भएर लागेको अग्निप्रसाद सापकोटाको दाबी

    बेथिति अन्त्य गर्न सरकार निर्मम भएर लागेको अग्निप्रसाद सापकोटाको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 642
    SHARES

    बैतडी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशमा विगतमा भएका बेथितिको अन्त्य गर्नको लागि सरकार निर्मम भएर लागेको बताएका छन् ।

    पाटनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकार लयमा रहेको दाबी गरे ।



    ललिता निवास प्रकरण, सुन प्रकरण, भुटानी शरणार्थीलगायतका देशका अहितमा भएका सबै कामविरुद्ध सरकार कठोर भएर लागेको उनको भनाई छ ।



    यस्तै उनले जनतासँग माओवादी रुपान्तरण अभियान सार्थक भएको बताए । रुपान्तरण अभियानबाट जनतासँग झनै निकट सम्बन्ध स्थापित भएको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार