Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी हो : अग्नि सापकोटा

    शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी हो : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनको विकल्प नरहेको बताएका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन्।



    प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए ।



    उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे ।

    प्रवक्ता सापकोटाले भने,‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुरयाउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया शुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न नदिन विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन्।’

    प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए ।

    उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । खासगरी तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार