Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुडिरहेको बसमा एक्कासी आगो लागेपछि ..

दाङ । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बसमा गुडिरहेकै अवस्थामा एक्कासी आगो लागेको छ।

नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो। समयमै सावधानी अपनाएका कारण आगलागीबाट कुनै मानविय क्षती भने भएको छैन  ।

बसका चालकले एकाएक आगो बलेपछि सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाएएका थिए । समयमै सावधानी अपनाएका कारण कुनै मानविय क्षति हुन पाएको छैन ।

चालक पतिराम चौधरीले  ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिकाबाट दमकल पुगिसकेको र आगो निभाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077