Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाखाैंकाे सुन चोरेर भाग्ने पाँचजना ठमेलबाट पक्राउ

काठमाडौँ । काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् ।

ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रे धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, धुलिखेल–७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षका राजन तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

शनिबार पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर भागेका पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका पवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टले जानकारी दिए । तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

दाहालको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २३७ ग्राम भेटिएको बिष्टले बताए । यस्तै बिष्टका अनुसार चालिसेको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २१० ग्राम भेटिएको हो । राजन तामाङ मुख्य चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077