Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआइबीद्वारा १ करोड ६३ लाखको चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ

    सिआइबीद्वारा १ करोड ६३ लाखको चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 5K
    SHARES

    काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी) ले चेक अनादर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-११ बबरमहलका ४८ वर्षीय अनिल पाेद्दार रहेका छन् । उनलाई सिआइबीले मंसिर २८ गते आइतबार काठमाडाैंकाे कलंकीमा लुकिछिपी बसेकाे अबस्थामा पक्राउ परेकाे हाे ।



    पक्राउ परेका अनिलले आफ्नाे बैंक खातामा प्रयाप्त रकम नभएकाे जानी-जानी काठमाडाैं-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई एक कराेड त्रीसठ्ठी लाख रूपैयाँकाे चेक दिइ फरार रहेका थिए ।



    काठमाडाैं जिल्ला अदालतले पीडित खरेलले दिएकाे जाहेरी उपर फैसला गर्दै उनलाई एक महिना कैद, ३ हजार रूपैयाँ जरिवाना र एक कराेड त्रीसठ्ठी लाख रूपैयाँ बिगाे भराउने फैसला गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार