Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले संवैधानिक परिषद्काे बैठक बोलाएकाेप्रति प्रचण्ड रूष्ट

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषद्को बैठक बोलाइएको प्रति असन्तुष्टि जनाएका छन् ।

पार्टीकाे स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन्।

'मंगलबार फेरि संवैधानिक परिषदको बैठक बोलाइएको छ। यसले पार्टीमा देखिएको संकटलाई थप बढाउने निश्चित छ' प्रचण्ड निकट एक नेताले भने, 'उहाँकै आग्रहमा कहिले १० दिन, कहिले ३ दिन बैठक सारिएको छ। अलिकति छलफल र सहमतिको वातावरण बनोस भनेर लागिरहेको बेलामा उहाँले त्यो पहलकदमीलाई लात्ती हानीरहनुभएको छ भनेर प्रचण्डले भन्नुभएको छ।'

हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077