Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि असन्तुष्ट चार नेता खुमलटारमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवरी भण्डारी मार्फत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरे लगत्तै नेकपाका शिर्ष चार नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पुगेका छन् ।

सचिवालयका असन्तुष्ट पाँच नेता प्रचण्ड निवास पुगेर छलफलमा जुटेका हुन्। छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

सिफारिस भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी भएपछि नेकपाका असन्तुष्ट नेता र प्रमुख प्रतिपक्षी दलले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077