Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी गर्नु गणतन्त्रको चीरहरण गर्नु हो : भट्टराई

    संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी गर्नु गणतन्त्रको चीरहरण गर्नु हो : भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 4K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी गर्नु गणतन्त्रको चीरहरण गर्नु भएको प्रतिक्रिया दिएका छन् ।

    राष्ट्रपतिद्धारा जारी अध्यादेशको विरोध गर्दै नेता भट्टराईले वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्ने प्रश्न गरेका छन् ।



    नेता भट्टराईले ट्विटमा भनेका छन्–‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत् बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाउँ ।’



    राष्ट्रपति भण्डारीले मंगलबार दिउसो बहुमत सदस्यको उपस्थितिमै परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार