Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोरखामा बस दुर्घटना: ५ को अवस्था गम्भीर, २२ जना घाइते

गोरखा । गोरखामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको हाे।

गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले दर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताए ।

धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिए। उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077