Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल संसद बैठक बोलाउन कांग्रेसकाे माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्ताे माग गरेकाे हाे । बैठकमा शीर्ष नेताका साथै संसदीय फाटका नेताहरुकाे पनि सहभागिता रहेकाे थियाे। प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको जानकारी दिए ।

बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ ।

बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077