Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआरएनए केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा चेतन गुरुङ नियुक्त

हङकङ। गैरआवासीय नेपाल संघ (एनआरएनए) केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा चेतन गुरुङ नियुक्त भएका छन्।

लालीगुँरास एसोसियन(एलजी )हङकङका संयोजक गुरुङलाई तेक्वान्दो बिभागको  प्रशिक्षकको पनि जिम्मेवारी दिइएको छ।

अन्तराष्ट्रिय स्तरमा  खेलकुद क्षेत्रमा योगदान दिएका गुरुङ कुशल तेक्वान्दो प्रशिक्षक पनि मानिन्छन्। गुरुङ हङकङमा  बिभिन्न व्यवसायमा आबद्द  छन् । उनले बिधालय स्तरका बालबालिकाहरुलाई पनि तेक्वान्दोको कक्षा दिंदै आइरहेका छन् ।

मकाउमा नेपालीलाई रोजगार दिलाउनमा पनि महत्त्वपूर्ण सहयोग गरेका उनले एनआरएनको खेलकुद बिभागको प्रबन्धक छनौट भएसंगै आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गरेर नेपाली खेलाडीलाई विश्वसामु चिनाउन पछि नपर्ने समेत बताए ।

यसअघि गुरुङकै पहलमा एलजी एसोसियनले हङकङ स्थित युङ्लोङको सडकमा  स्थानियहरुलाई नि:शुल्क मास्क वितरण गरेको थियो ।

नेपालमा भुकम्प जाँदा हङकङका स्थानियहरुबाट सहयोग उठाएर समेत गुरुङले भुकुम्प पीडितहरुलाई राहत बितरण गरेका थिए। गुरुङ एक सामाजिक अभियन्ताका रुपमा चिनिन्छन्।

गुरुङ र मकाउ तथा हङकङ एनआरएनको पहलमा कोरोना महामारीको बेला केही महिना अघि नेपाल सरकारलाई ५० हजार थान मास्क हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077