Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महानायक हमालद्वारा निर्देशक पाण्डेको कामको प्रशंसा

    महानायक हमालद्वारा निर्देशक पाण्डेको कामको प्रशंसा

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । महानायक राजेश हमालले निर्देशक देवेन्द्र कँडेललाई सानै उमेरमा ठूलो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

    निर्देशक पाण्डेद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा शनिबार अभिनय गर्न पुगेका हमालले भने, ‘देवेन्द्र पाण्डे भाईसँग यसअघि पनि म्युजिक भिडियोमा मैले अभिनय गरेको छु । उहाँसँग दोस्रो म्युजिक भिडियो पनि खेल्न पाएँ । उहाँलाई धन्यावाद ।’
    म्युजिक भिडियोमा चिया पसलेको अभिनय गरेको अभिनेता हमालले बताएका छन् । ‘म्युजिक भिडियोमा मलाई पाण्डेजीले चिया पसललेको भूमिकामा खेलाउनु भएको छ’, म्युजिक भिडियो छायाँकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हमालले भने, ‘केही दिनमा भिडियो रिलिज हुन्छ । मेरो अभिनय कस्तो छ भनेर हेर्न पाइहाल्नु हुन्छ ।’
    अभिनेता हमालले निर्देशक पाण्डेका विषयमा भनेका छन्, ‘सानो उमेरमा ठूलो काम गर्नुभएको छ । उहाँलाई हामीले हौसला दिनुपर्छ ।’



    निर्देशक पाण्डेले नै पहिलो पटक अभिनेता हमाललाई म्युजिक भिडियोमा अभिनय गराएका हुन् । पाण्डेको निर्देशन रहेको भिडियोमा अभिनय गरेपछि हमालले अरुको म्युजिक भिडियोहरूमा खेल्न शुरु गरेका थिए ।



    हमाल अभिनित एवम् पाण्डेद्वारा निर्देशन गरिएको म्युजिक भिडियोको प्राविधिक काम धमाधम भइरहेको छ । म्युजिक भिडियो एक–दुई दिनमा रिलिज हुने निर्देशक पाण्डेले बताएका छन् । गीतमा नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको उनले बताएका छन् ।

    यसैबीच, निर्देशक पाण्डेलाई एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.ले पनि सम्मान गरेको छ । राष्ट्रिय सभाका सांसद खेमकुमार विश्वकर्माले पाण्डेलाई सम्मान–पत्रसहित सम्मानित गरेका हुन् ।

    नेपाली फिल्मका साथै म्युजिक भिडियोहरूको निर्देशन गर्दै आएका पाण्डेले आफूलाई नयाँ कुराहरूमा केन्द्रित गराउन रुचि राख्छन् । उनले गरेका कामहरू युट्युबहरूमा प्रसस्तै देख्न र हेर्न पाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार