Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुनेछ ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । स्थायी कमिटी बैठक अघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077