Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'संवैधानिक परिषद्को बैठकबारे सभामुखलाई जानकारी छैन'

काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाको सचिवालयले संवैधानिक परिषद्को बैठकबारे अवगत नभएकाे जनाएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साढे ५ बजेका लागि बाेलाएकाे संवैधानिक परिषद्को बैठकबारे सभामुख सापकोटाको सचिवालयले अनविज्ञता व्यक्त गरेको हाे ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार साँझ बैठक बस्ने पुष्टि गरेका छन् ।

सभामुखका स्वकीय सचिव गोविन्द पाठकले बैठकबारे जानकारी नभएकाे बताए । यसअघिको बैठकमा सभामुख सापकोटाले पूर्वतयारी नभएको, गृहकार्य नभएको भन्दै बैठक बहिष्कार गरेका थिए ।

सभामुख बैठकमा नजाँदा कोरम नपुगेपछि सभामुख नभए पनि बैठक बस्न र निर्णय गर्न सक्ने सरकारले अध्यादेश नै ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077