Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओली-प्रचण्ड भेटवार्तापछि संवैधानिक परिषद्को बैठक स्थगित

    ओली-प्रचण्ड भेटवार्तापछि संवैधानिक परिषद्को बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ साढे ५ बजेका लागि बाेलाएकाे परिषदको बैठक स्थगित भएकाे हाे । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नहुँदै परिषद्काे बैठक बाेलाएका थिए ।



    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले परिषद्काे बैठक बस्न लागेकाे भन्दै आपत्ति जनाएका थिए । उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।



    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा परिषद‍् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारी दियो।

    दुबै अध्यक्षबीच भएकाे सहमति अनुसार परिषद्काे बैठक स्थगित भएकाे हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार