Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सकियो, अध्यादेशबारे छलफल नै भएन

काठमाडाैं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साँझ बसेकाे बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने अपेक्षा गरिएकाे थियाे ।

स्राेतका अनुसार बिहीबार बसेकाे बैठकले अध्यादेश फिर्ता गर्ने सम्बन्धी कुनै निर्णय गरेकाे छैन् ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘आजकाे बैठक नियमित साप्ताहिक बैठक हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’

सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अ‍ोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि मात्र अध्यादेश फिर्ता लिने बताएका थिए । बिहीबार भएको भेटमा प्रधानमन्त्री अ‍ोलीले प्रचण्डसँग राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077