Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा नेकपा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी नेकपाले थालेकाे छ ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् ।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। प्रधानमन्त्री ओली बैठकमा सहभागि नहुने अडानमा छन् । तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

त्यसैकाे तयारीका लागि अहिले प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेका स्राेतले बतायाे । पछिल्लाे समय नेकपाभित्र विवाद चर्काे रूपमा बढ्दै गइरहेकाे छ । नेकपामा देखिएकाे विवादकै कारण प्रधानमन्त्रीसमते रहेका अध्यक्ष ओलीले अध्यादेश देखि संसद विघटन गर्नेसम्मका प्रस्ताव गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077