Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई, आयुक्तमा जयबहादुर चन्द

काठमाडौं । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्‍मा दर्ता गराएको छ । स्रोतका अनुसार आइतबार दर्ता गरिएको चिठीमा मिति भने मंसिर ३० गतेको रहेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त प्रमुख आयुक्त पदमा प्रेमकुमार राई,आयुक्त पदमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । चन्द यसअघि नेपाल प्रहरीकाे प्रहरी अतिरिक्त महानिरीक्षक पदमा हुँदा अनुसन्धानमा पाेख्त मानिन्थे। उनी प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट अवकाश पाएका हुन्।

प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077