Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई, आयुक्तमा जयबहादुर चन्द

    अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई, आयुक्तमा जयबहादुर चन्द

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्‍मा दर्ता गराएको छ । स्रोतका अनुसार आइतबार दर्ता गरिएको चिठीमा मिति भने मंसिर ३० गतेको रहेको छ ।

    प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त प्रमुख आयुक्त पदमा प्रेमकुमार राई,आयुक्त पदमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ।



    त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।



    अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । चन्द यसअघि नेपाल प्रहरीकाे प्रहरी अतिरिक्त महानिरीक्षक पदमा हुँदा अनुसन्धानमा पाेख्त मानिन्थे। उनी प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट अवकाश पाएका हुन्।

    प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार