Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 462
    SHARES

    पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएको छ ।

    गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।



    यसअघि गत पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानूनमन्त्री विन्दुकुमार थापाले उक्त अध्यादेश टेबल प्रदेश सभामा पेस गरेका थिए ।



    मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।

    स्वीकृत भएसँगै उक्त अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन्छ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

    अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार