Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 630
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त थप चारजना मन्त्रीले शपथ लिएका छन् ।

    आज शुक्रबार कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।



    उनीहरूलाई प्रदेश प्रमुख निवासमा पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।



    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार