Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गण्डकीमा मनाङेसहित ७ सदस्यीय मन्त्रिपरिषद् बन्दै, ४ बजे शपथ

    गण्डकीमा मनाङेसहित ७ सदस्यीय मन्त्रिपरिषद् बन्दै, ४ बजे शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 591
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

    वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट १४ गते मुख्यमन्त्री बनेका कांग्रेस दल नेता पाण्डेले दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।



    नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाईने छ ।



    मुख्यमन्त्री  पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

    आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार