Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटन भएलगत्तै काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ । राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजधानीमा सुरक्षा तैनाथी बढाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।

यस्तै, सेनाले मुख्यालय जंगी अड्डामा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक पनि बसेको छ । प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा मुख्यालयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077