Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका अधिकारीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग छलफल गरेका हुन् ।

छलफलमा सरकारले तोकेको निर्वाचनबारे छलफल गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077