Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारीबाटै गणतन्त्र र संविधानमाथि खतरा बढ्याे : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा बढेकाे बताएका छन् ।

संसद् विघटनपछि नयाँ बानेश्वरमा भएकाे कार्यक्रममा नेता थापाले राष्ट्रपति भण्डारी संविधानमै नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्ने राष्ट्रपति आफ्नो राष्ट्रपति हुन नसक्ने बताए ।

उनले राष्ट्रपति भण्डारीबाटै संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा रहेको नेता थापकाे आराेप थियाे । साथै उनले संविधानविरुद्ध अपराध गर्नेहरुलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

“राष्ट्रपति विद्यादेवी भण्डारीले यही संसद्‌को शपथ खानुभएको होइन । आजबाट उहाँ तपाईं र मेरो राष्ट्रपति होइन, केपी ओली ग्याङको सदस्य मात्र हो,” उनले भने । संविधानको शपथ खाएर संविधानविरुद्धको अपराधमा भण्डारी संलग्न भएको पनि उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077