Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपाको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरताको भूमरीमा फस्याे : राप्रपा

    नेकपाको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरताको भूमरीमा फस्याे : राप्रपा

    संसद विघटन गर्ने निर्णय संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरित

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसद विघटन गर्ने सरकारको निर्णय प्रजातान्त्रिक मूल्य, मान्यता विपरित रहेको निश्कर्ष निकालेकाे छ ।

    आइतबार बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठहर गरेको हो ।



    मन्त्रिरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेकाेले सत्तारुढ दलभित्रको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको निश्कर्ष बैठकले निकालेको हाे ।



    बैठक पछि जारी विज्ञप्तिमा पार्टीले राष्ट्रपतिले राष्ट्र प्रमुखको तटस्थ भूमिकालाई फेरि एक पटक विवादास्पद तुल्याएकाे दाबी गर्दै प्रतिनिधिसभाको विघटनको पछिल्लो घटनाक्रममले २०६२/०६३ पछि अबलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको बताएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार