Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै चरणमा निर्वाचन गराउन आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार बालुवाटार भएकाे छलफलमा निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सुझाव दिएको हाे ।

संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका अधिकारीसँग छलफल गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए ।

आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने राय दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077